गुलरिया (बर्दिया), ३२ जेठ –
शुक्लाफाँटा वन्यजन्तु आरक्षका पाँच बाह्रसिंगा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।
बाह्रसिंगा स्थानान्तरण भएपछि बर्दिया निकुञ्ज यसको बासस्थान व्यवस्थापन गरेको छ । शुल्लाफाँटाबाट बाह्रसिंगा पहिलो पटक अन्यत्र स्थानान्तरण गरिएको हो । अहिले दुई भाले र तीन पोथी यहाँ ल्याइएको छ । यस वर्ष शुक्लाफाँटामा पन्ध्र बाह्रसिंगा बर्दिया निकुञ्ज ल्याइने मन्त्रिपरिषद्ले निर्णय गरेको निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा करिब एक सय बाह्रसिंगा छन् । पहिलो चरणमा १० पोथी र पाँच वयष्क भाले बाह्रसिंगा बर्दिया ल्याइने छ । निकुञ्जका अनुसार बर्दिया निकुञ्जमा तीन दशकयता बाह्रसिंगाको सङ्ख्या अपेक्षाकृत बढेको छैन । नश्ल सुधारका साथै यसको अनुवांशिक विविधता संरक्षण गर्ने उद्देश्यले शुक्लाफाँटाका बाह्रसिंगा बर्दिया सार्न लागिएको थापाले बताउनुभयो ।
तीन महिनाअघि पाँच गैँडा बर्दिया निकुञ्जमा सफलतापूर्वक स्थानान्तरण भएकामा अघिल्लो साता एउटाले बच्चा जन्माएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution