गोरखा सीमामा दुईको मृत्यु

मलेखु (धादिङ), ३२ जेठ –

गोरखासँग सीमा जोडिएको स्थानमा एक जनाले नदीमा हामफालेर र एक जना टेलिकमको टावरबाट लडेर आज मृत्यु भएको छ ।

धादिङ जिल्लासँगै जोडिएको गोरखाको आरुघाट बजारमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेर एक प्राविधिक कामदारको मृत्यु भएको छ ।

हुवावे कम्पनीबाट बिग्रेको मोबाइल टावरका उपकरणसहित मर्मतका लागि आएका अनिल ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको आरुचनौटे– १ को आरुघाट बजारमा रहेको टावरमा खराबी आएपछि राजधानीदेखि मर्मतका लागि आएका ताम्राकार टावरबाट खसेर गम्भीर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी सीमा क्षेत्रमा रहेको बूढीगण्डकीमा रहेको पुलबाट हामफालेर ताप्ले गाविस– ७ का ७६ वर्षीय डिल्लीराम भट्टको हामफालेर मृत्यु भएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button