राजविराज, ३२ जेठ –
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा आज दुईवटा बस एकापसमा ठोक्किदा सातजना यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २८८१ नंको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना४ख ९८ नंको बसले पछाडिबाट ठोक्किदा ना४ख ९८ नंको बसमा सवार सातजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घाइते सबै जनाको भारदहस्थित शिव क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । राजमार्गमा एक्कासि भैँसी आएपछि अगाडि गइरहेको बसले रोक्दा पछाडिबाट आएको अर्को बसले हानेको हो ।
यता ठक्कर दिने दुवै बस इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा दिएको बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution