गाँजासहित चार व्यापारी पक्राउ

गाईघाट (उदयपुर) , ३२ जेठ –

इलाका प्रहरी कार्यालय उदयपुर कटारीले आज बिहान एकसय चार किलोग्राम गाँजासहित चारजना गाँजा व्यापारीलाई पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उदयपुरको रिस्कु गाविस–५ स्थित पाट्ने भन्ने स्थानमा बाहुनीटार क्षेत्रबाट सिरहाको मिर्चैयातर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित चार व्यापारी पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

पक्राउ पर्नेमा ओख्ले गाविस–८ का गणेश हमाल, जीवन ठकुरी, लेखगाउँ गाविस–८ का रामजी मगर र रुपाटार गाविस–६ का केशव ठकुरीलाई गाँजासहित पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button