गाईघाट (उदयपुर) , ३२ जेठ –
इलाका प्रहरी कार्यालय उदयपुर कटारीले आज बिहान एकसय चार किलोग्राम गाँजासहित चारजना गाँजा व्यापारीलाई पक्राउ गरेको छ ।
उदयपुरको रिस्कु गाविस–५ स्थित पाट्ने भन्ने स्थानमा बाहुनीटार क्षेत्रबाट सिरहाको मिर्चैयातर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित चार व्यापारी पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
पक्राउ पर्नेमा ओख्ले गाविस–८ का गणेश हमाल, जीवन ठकुरी, लेखगाउँ गाविस–८ का रामजी मगर र रुपाटार गाविस–६ का केशव ठकुरीलाई गाँजासहित पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution