भेरी नदीमा बस खस्दा मृत्यु

पोखरान्युजडटकम, ५ असार –

सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका पहरी कार्यालय कोहलपुरले जनाएको छ । बिहान ६ बजे सुर्खेतको धारापानीबाट सल्लीबजार जाँदै  गरेको उक्त ना ४ ख ५९,४४ नंको बस भेरी नदीमा खसेको थियो । दुर्घटनामा बसधनी रामबहादुर खड्काको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा कोहलपुरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक मिलन रावत र सहचालक उमेशजङ्ग शाह घाइते भएका छन् । बस सडकबाट झन्डै २०० मि तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button