पोखरान्युजडटकम, १२ असार –
रुकुममा अवस्थित प्रसिद्ध सिस्ने हिमाल पुग्न सहजताका लागि सिस्ने पदमार्ग निर्माणकार्य तीव्ररुपमा अगाडि बढाइएको छ ।
यसअन्तर्गत आव २०७३ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ ।
रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल वेसक्याम्प सम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो । सदरमुकामदेखि प्वाङ गाविसको लैपासम्मको बाटो पहिले नै निर्माण भएको र लैपादेखि सिस्ने हिमाल वेस क्याम्पसम्मको बाटो जोखिम र जीर्ण भएकाले पदमार्ग निर्माण गर्न लागिएको स्थानीय बासिन्दा पर्शुराम खड्काले बताउनुभयो ।
अर्को आवमा कुनै निकायबाट सहयोग पाए सिस्ने हिमालको वेस क्याम्पसम्म पर्यटन पदमार्ग निर्माण गरिने रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्ता दह–पाथीभरा हुँदै सिस्ने हिमाल वेसक्याम्प पर्यटन पदमार्ग निर्माण भइसक्ने पनि उहाँले बताउनुभयो ।
काञ्जिरोवा हिमशृङ्खलाअन्तर्गत पर्ने रुकुमको सिस्ने हिमाल समुद्री सतहदेखि ६५५१ मिटर उचाइमा अवस्थित छ । कडा चट्टानबाट निर्मित सिस्ने हिमाल आरोहण गर्न निकै गाह्रो भएको आरोहीहरु बताउँछन् ।
सिस्ने हिमालसम्मको वेस क्याम्पसम्म जाने बाटो निर्माण, बीच बाटोमा होमस्टे सञ्चालन, पर्यटकलाई पर्याप्त सुरक्षाको व्यवस्था नहुनुलगायत पर्वतारोहीहरुका लागि मुख्य समस्या रहेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution