पोखरान्युजडटकम, १२ असार –
लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।
सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउँछन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ ।
यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बस मार्फत काठमाडौँं फर्कन हिँडेका पथ प्रदर्शक रोजन मगरले बताउनुभयो ।
बाक्लो हुस्सुका कारण सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि अवरुद्ध भएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution