पर्यटनलाई प्रविधिसँग जोड्न लेखनाथमा ई–भिलेज केन्द्र

पोखरान्युजडटकम, १२ असार –

सूचना प्रविधि विभागको सहयोग एवम् हाई वन होप सामुदायिक पुस्तकालय, भरतपोखरीको संयोजनमा लेखनाथ नगरपालिका– १८ बर पाण्डेथुममा हाई वन होप ई– भिलेज केन्द्र आजदेखि सञ्चालनमा आएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण वस्तीमा नविनतम प्रविधिको अधिकतम उपयोग गराउँदै त्यहाँको कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रको विकास एवम् विस्तारलाई थप सहज एवम् सरल बनाउन केन्द्रको स्थापना गरिएको हो ।

केन्द्रका अध्यक्ष केशवराज लम्सालका अनुसार ग्रामीण भेगका धेरै सम्भावना सूचना प्रविधिको उपयोग हुननसक्दा ओझेलमा परेका कारण तिनीहरूलाई उजागर गर्न केन्द्र सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधिका क्षेत्रमा अत्याधिक विकास भइरहे पनि ग्रामीण क्षेत्र अझै त्यसको पहुँचमा पुग्न नसकेको उहाँको भनाइ छ ।

केन्द्रको उद्घाटन गर्दै सूचना प्रविधि विभागका निर्देशक रमेश सुवेदीले प्रविधिको उपयोग गर्ने सम्बन्धमा सहर गाउँबीच विद्यमान खाडललाई चिर्नका लागि केन्द्र बहुउपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । केन्द्र स्थापनासँगै ग्रामीण भेगका सर्वसाधारणले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन आदि क्षेत्रमा भइरहेका प्रगति तथा आवश्यक जानकारी सूचना प्रविधिको उपयोगका माध्यमबाट पाउनसक्ने उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button