पोखरान्युजडटकम, १९ असार –
बाहुनडाँगीमा जैविक हरियो चिया प्रशोधन केन्द्र (ग्रिन टी कारखाना) सञ्चालनमा आएको छ ।
बाहुनडाँगीका व्यवसायी प्रसाद पाण्डे र मेचीनगरका कुन्दन निरौलाले रु एक करोड ४२ लाखको लागतमा उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय चियामा रासायनिक वस्तुको वृद्धि हुन थालेपछि सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी कारखाना सञ्चालनमा ल्याइएको सञ्चालक पाण्डेले बताउनुभयो ।
दुई वर्षको प्रयत्नपछि सञ्चालनमा आएको ग्रिन टीसँगै अर्थोडक्स, ह्वाइट टी, जैविक चिया उत्पादन हुने उहाँले बताउनुभयो । करिब चालिस बिगाहा क्षेत्रफलमा चिया लगाइएको र उक्त कारखानाबाट स्थानीयवासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution