पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १८ साउन –

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर रु दुई तथा खाना पकाउने एलपी ग्यासमा रु २५ घटाइएको छ । समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ९७, डिजेल रु ७३, मट्टितेल रु ७३ र खाना पकाउने ग्यास रु एक हजार ३७५ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा भने लामो समयदेखि मूल्य समायोजन हुन सकेको थिएन । यसअघि निगमले गत माघ ४ गते पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button