म्याग्दीको साक्षरता प्रतिशत पन्चानब्बेभन्दा माथि

बेनी (म्याग्दी), १९ साउन –

आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ ।

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्तसम्म साक्षर जिल्ला घोषणा अभियानलाई अगाडि बढाइएको हो ।

साक्षर जिल्ला घोषणाका लागि बाँकी ११ गाविसको पनि साक्षरता प्रतिशतको दर झन्डै ९० प्रतिशतको हाराहारीमा रहेको हुँदा चालु शैक्षिकसत्रमा साक्षर म्याग्दी घोषणा गरिने जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ ।

साक्षर जिल्ला घोषणा गर्न खासगरी १५ देखि ५९ वर्ष उमेर समूहका निरक्षर व्यक्तिलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाउने अभियान चलाइएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार गाविसका वडा तहसम्म निरक्षर व्यक्तिलाई साक्षर बनाउनका लागि सबै विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका निरक्षर तथा विद्यालयको पहुँच बाहिर रहेकालाई विद्यालयमा ल्याउने काम भइरहेको छ ।

यसैगरी, म्याग्दीमा सञ्चालनमा रहेका २१ ओटा सामुदायिक अध्ययन केन्द्रबाट पनि प्रौढ शिक्षा अध्ययन गरिरहेकालाई निरन्तर शिक्षा प्रदान गर्न र जीवनपर्यन्त सिकाइ सिकाउनका लागि कार्यक्रम गरिएको जिशिअ अधिकारीको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button