रियो ओलम्पिकः आर्चरीका मोक्तान ६० औँ स्थानमा

काठमाडौँ, २२ साउन –

ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण रयाङकिङ राउन्डमा ६०७ स्कोर गरेका छन् ।

रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औंँ स्थानमा रहन सफल भएका हुन् । उनले सुरुका ३६ प्रहारबाट २९९ स्कोर गरेका थिए । त्यस्तै दोस्रो हाफमा उनले ३०८ स्कोर जोड्न सफल भए ।

थाइल्यान्डको बैंककमा नोभम्बर २०१५ मा भएको एसियाली च्याम्पियनसिपमा उनले ६४२ बनाएका थिए, जुन उनको हालसम्मकै राम्रो प्रदर्शन हो । अब मोक्तानले मङ्गलबार हुने नकआउट चरणमा भारतीय अतनु दासको सामना गर्नेछन् ।

यसैबीच रियो ओलम्पिकमा राष्ट्रिय झन्डा फह¥याएकी जुडोकी फुपूल्हामु खत्रीले आफ्नो पहिलो खेल क्युबाकी मारिसेट इस्पिनोसासँग खेल्ने तय भएको छ । यी दुईबीचको खेल मङ्गलबार साँझ हुनेछ । खत्रीले करिब छ महिनाअघि भारतमा भएको भएको १२ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा स्वर्ण जितेकी थिइन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button