धुर्मुस-सुन्तलीलाई नेपाली सेनाको साथ

सिन्धुपाल्चोक, २२ साउन –

सिन्धुपाल्चोकको मेलम्ची ८, गिरान्चौरमा एकिकृत बस्ती निर्माण गरिरहेका धुर्मुस सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सघाउने भएको छ । बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशन अनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरान्चौर पुगेको हो ।

dhurmus suntali 3

उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकिकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्नेछ । नेपाली सेनाले सिन्धुपाल्चोकको भोटेनाम्लाङ, भोटेचौर, तौथली र भिमटारमा भूकम्प पिडितका लागि घर बनाएर हस्तान्तरण गरिसकेको छ ।

dhurmus suntali 2

गिरान्चौर एकिकृत बस्ती निर्माण कार्य उदाहरणीय भएको भन्दै सैनिक श्रीमति संघले आर्थिक सहयोग गरेका कारण पनि श्रमदान गर्न सैनिकको टोली पठाइएको सत्रुभञ्जन गुल्म मेलम्चीका सेनानी श्याम गोतामेले जानकारी दिएका छन् । बस्ती निर्माणका लागि सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहयोग गरेका थियो । दशैँ अघि नै बस्ती हस्तान्तरण गर्नका लागि जनशक्तिको आवश्यकता परेको खण्डमा थप सहयोग गर्न सेना तयार रहेको उनले बताएका छन् ।

dhurmus suntali 4

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले पहिलो बस्ती निर्माणको समयमा सेनाले ठूलो सहयोग पुर्याएको स्मरण गर्दै अहिले प्राप्त सहयोगले समयमै बस्ती हस्तान्तरण गर्न आँट बढेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button