क्युकिसन बुदो काई करातेको रेफ्री तथा बेल्ट प्रोमोशन

पोखरा, २१ साउन –

क्युकिसन बुदो काई करातेको प्रथम रेफ्री सेमिनार तथा बेल्ट प्रोमोशन कार्यक्रम एक कार्यक्रमका विच पोखरामा सुरु भएको छ । सो अवसरमा हिमालयन बैंकका कार्यकारी ह्युमन रिर्सोस अफिसर कपिल लोहोनीले राष्ट्रको पहिचानका लागि खेलकुद अपरिहार्य रहेको बताए।

शुक्रबारबाट सुरु भएको सो कार्यक्रमको शनिवार मात्रै औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका सदस्य देवेन्द्र बास्तोला, लेखनाथ खेलकुद विकास समितिका अध्यक्ष चेत बहादुर गुरुङ्ग, क्युकिसन बुदो काई कराते कास्कीका सल्लाहाकार जगबहादुर गुरुङ्ग लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम क्युकिसन बुदो काई कराते कास्कीका अध्यक्ष ज्ञानेन्द्र माकाजुको अध्यक्षतामा भएको थियो ।

उक्त तिन दिने कार्यक्रममा १६ जिल्लका ब्ल्याक बेल्टतर्फ ३५ र अन्य २ सय ३७ जना बेल्ट टेष्टमा सहभागी भएका छन रेफ्रि प्रशिक्षकमा २३ जना सहभागी भएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button