सहारा एकेडेमीका बालकहरुलाई व्याग तथा फुटवल हस्तान्तरण

पोखरा, २९ साउन –

सहारा एकेडेमीका वालकहरुलाई संचारकर्मी विक्रम थापाले स्कुल व्याग र फुटवल हस्तान्तरण गरेका छन । शनिबार सहारा एकेडेमीमा पुगेर गोल नेपाल डट कमका प्रमुख विक्रम थापाले सहारा एकेडेमीका प्रशिक्षार्थीहरुलाई ३० थान स्कुल ब्याग र ९ थान नफुटने फुटबल क्लवलाई हस्तान्तरण गरेका हुन ।

sahara academy pokhara

सहारा क्लब पोखरालाई रोल मोडल क्लबको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिदै थापाले एकेडेमीका वालकहरुको हकहितको लागि निरन्तर सहयोग गर्ने बताए । विभिन्न दाताको सहयोगले गर्दा क्लवले एकेडेमी संचालन गर्दै आएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button