रियो ओलम्पिक – तेक्वान्दोकी निशा आज भिड्दै

काठमाडौँ, ४ भदौ –

ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालको अन्तिम खेल आज महिला तेक्वान्दो खेलाडी निशा रावलले खेल्दैछिन् ।

उनले तेक्वान्दोको ६७ केजी भन्दामाथिको तौल समूहमा चीनकी सुयिन झिङसँग नेपाली समयअनुसार आज साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछिन् । रियोस्थित कारिओका एरिना–३ मा उत्रँदा उनले गतवर्ष भएको युनिभर्सिटी ओलम्पियाडमा ७३ केजी मुनिको प्रतिष्पर्धाकी स्वर्ण जितेकी झिङसँग भिड्नुपर्ने हुन्छ ।

नेपालका लागि ओलम्पिकमा खाली सहभागितामा सिमित रहेकाबेला अन्तिम आशा निशाले पनि कठिन प्रतिस्पर्धी पाएकी हुन् ।

निशा आज ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडीको रुपमा ब्राजिलमा खेलिरहेकी हुनेछिन् । सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक छिन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेल्दैछिन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button