कात्तिक पहिलो साता पोखरामा राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता हुने

पोखरा, ११ भदौ –

सम्भवत नेपालमै पहिलोपटक पोखरामा भेट्रान बास्केटवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटवल संघको आयोजनामा ‘पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केटवल प्रतियोगिता—२०७३’ कार्तिकको पहिलो साता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पुर्व खेलाडीहरुको भेटघाट गरी हौसला प्रदान गर्ने उद्धेश्यले पोखरा रंगशालामा संचालन प्रतियोगितामा ४० वर्ष माथीका उमेर समुहका खेलाडीहरुले मात्रै सहभागिता जनाउने कार्यक्रम संयोजक नारायण शर्माले बताए । कार्तिक ४ देखि ६ गतेसम्म संचालन हुने प्रतियोगितामा सहभागिताका लागि दर्ता गर्न प्रति टिम ८ हजार रुपैयाँ शुल्क लाग्ने उनले बताए । प्रतियोगितामा देशभरबाट १२ टिम सहभागि हुने अपेक्षा गरिएको सचिव धोजबहादुर गुरुङले बताए । प्रतियोगिताको बिजेतालाई ४० हजार ४ सय ४४, उपबिजेतालाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङले जनाए ।

प्रतियोगितालाई पाथीभरा ओभरसिज प्राली काठमाडौंले मूख्य प्रायोजन गर्ने भएको छ । प्रायोजन वापत प्रालिले कास्की जिल्ला बास्केटवल संघलाई २ लाख रुपैयाँ दिएको छ । पत्रकार सम्मेलनमा उपस्थित पूर्व भलिवल राष्ट्रिय खेलाडी समेत रहेका प्रालिका सञ्चालक हंसराज वाग्लेले संघका अध्यक्ष नेत्रबहादुर सेनलाई प्रायोजन वापत २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । हस्तान्तरणपछि बोल्दै प्रालिका सञ्चालक वाग्लेले आफू बाँचुञ्जेल प्रतियोगितालाई प्रायोजन गरिरहने वचनत दिए । उनले विदेशबाट समेत खेलकुदको विकासको लागि आर्थिक संकलन गर्न सहयोग गर्ने जनाए । कास्की जिल्ला बास्केटवल संघका अध्यक्ष नेत्रबहादुर सेनले पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता संघले आयोजना गर्न लागेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button