पोखरा । पोखराको हर्पन खाेलामा डुबेर आज एक बालकको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नं. १८ खपौँदीस्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्दै आएका करिब १५ वर्षीय सोनाम सुवेदी रहेका छन् ।
सोनम डुबेर बेपत्ता भएलगत्तै उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत प्रहरीलाई गरेका थिए । खबर पाउनेबित्तिकै उनको उद्धार तथा खोजीका लाथि सशस्त्र प्रहरी बल २४ नम्वर कालिका गणबाट खटिएको विपद् उद्धार एवं गोताखोर टोलीले खटिएको थियो ।
उनको खोज तथा उद्धारको क्रममा दिउँसो २ः२० बजे बालक मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल शर्माले जानकारी दिए ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution