पोखरामा भएको विश्व तेक्वान्दो हानमादाङ्ग प्रतियोगिताबाट ८७ लाख आम्दानी

पोखरा, २६ भदौ –

नेपालको खेलकुद सहित पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गत फाल्गुण १५ देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजार पोखरामा सम्पन्न भएको पोखरा वल्र्ड तेक्वान्दो हान्मादाङ्ग २०७२ बाट ८७ लाख ३२ हजार आम्दानी भएको छ ।

विनाशकारी महाभूकम्पले थलिएको नेपालमा पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्दा उक्त रकम आम्दानी हुन सफल भएको शनिबार आय व्याय सार्वजनीक गरीएको कार्यक्रममा कास्की जिल्ला तेक्वन्दो संघका अध्यक्ष एवं हानामादाङ सचिवालय सचिव जगन गुरुङ्गले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च भएको उनले जनाए । प्रतियोगितामा २ लाख ६८ हजार रुपैया अपुग भएको सचिव गुरुङले बताए । अपुग रकम नेपाल तेक्वन्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघले पुर्ति गरीने भएको संघले जनाएको छ । प्रतियोगिताबाट करीब २५ लाखको बराबरको भौतिक तथा खेल सामाग्रि दुबै संघले प्राप्त गरेका छन ।

विश्व तेक्वान्दो हेडक्वार्टर (कुक्किवान) ले सन् १९९२ देखि वर्षेनी दक्षिण कोरियामा आयोजना गर्दै आएको तेक्वान्दो खेलको विशिष्ट किसिमको अन्तर्राष्ट्रिय प्रतियोगिता कोरिया बाहिर ईतिहासमै पहिलो पटक नेपालमा आयोजना गर्ने अवसर दिएकोमा पोखरेलीहरुले कुक्किवानलाई धन्यवाद दिएका छन । प्रतियोगिता पोखरामा आयोजना हुँदा करीब ८०० जना खेलाडीहरुको सहभागिता संघले जनाएको छ ।

प्रतियोगितमा कुक्किवानबाट सोझैँ आयोजक समितिको बैंक खातामा पठाएको ७१ लाख ५२ हजार ७ सय ६२ रुपैया ९२ पैसा र अन्तर्राष्ट्रिय निर्णायकहरुलाई नगदै भुक्तानी गरेको ४ हजार ७ सय २० अमेरिकी डलर र झण्डै २५ लाख रुपैयाको खेल सामाग्रीहरु गरि झण्डै १ करोड १ लाख ५० हजार रुपैयाका साथै कुक्कीवानबाट आएका सम्पूर्ण पदाधिकारीहरु तथा अफिसियलहरुको यातायात र बसोबास खर्च समेत कुक्कीवानबाटै व्यवस्था गरिएको थियो । प्रतियोगिता अवधिभर विभिन्न सेवाहरु लिए बापत ९१ हजार ९ सय २२ रुपैया नेपाल सरकारको राजश्व खातामा जम्मा गरीने उनले जनाए । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको छ । उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्ने तेज बहादुर गुरुङ, मदन केसी, जगन गुरुङ, राजन पौडेल, कुमार गुरुङ, बलराम लामा, निशान कार्की लगायतका ४७ जनालाई बिषेश सम्मान गरीएको थियो । संघका केन्द्रीय अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल ओलम्पीक कमिटिका सदस्य तेज बहादुर गुरुङ, डा. रविन्द्र श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, भुपु खेलाडी मञ्च नेपालका अध्यक्ष खड्गबहादुर रानाभाट, कोरियन तेक्वान्दो प्रशिक्षक योङ्ग दल क्वान लगायतले वोलेका थिए । नेपाल, भारत, बंगलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र अफगानिस्तान गरि ७ देशका ८ सय जना खेलाडीहरुले सहभागिता जनाएको सो प्रतियोगितामा नेपाल प्रथम, भारत द्वितिय र मलेसिया तृतिय हुन सफल भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button