इण्डोनेशियामा च्याम्पीयन भएको नेपाली टिमलाई पोखरामा सम्मान

पोखरा –

प्याराग्लाईडीङको प्रि–वल्र्ड कप अन्र्तगत इण्डोनेशियामा च्याम्पीयन भएको नेपाली टिमलाई बुधबार पोखरामा सम्मान गरीएको छ । नेपाल प्याराग्लाईडीङ पाईलट क्लवको प्रथम साधारण सभाको अवसरमा बुधबार पोखरामा नेपाली १० सदस्य एक टिमलाई सम्मान गरीएको हो ।

इण्डोनेशियाको पालु शहरको शिगी क्षेत्रमा गत भदौ पहिलो साता सम्पन्न भएको एफएआई–२ बिधा अन्र्तगतको प्याराग्लाईडीङको प्रि–वल्र्ड कप २०१६ मा नेपालको तर्फबाट उत्साहजनक सहभागिता सहित समग्रबाट टिम च्याम्पीयन हुन सफल भई नेपालको प्याराग्लाईडीङ क्षेत्र तथा समग्र राष्ट्रको नाम उच्च राख्न सफल भएकोमा खेलाडीहरुलाई सम्मान गरीएको क्लवका सचिव हरि बाँस्तोलाले बताए ।

सम्मानित हुनेहरुमा नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, शुसिल गुरुङ, सुविन राना मगर, युकेस गुरुङ, देशविर जिम्मी र एक महिला खेलाडी कृशु पौडेल रहेकी छन । नेपाली टिमलाई प्रशिक्षण अजय कुमार शर्माले गराएका थिए भने हवाई खेलकुद संस्था नाले भने खेलाडीहरुको दर्ता शुल्क वापत करीब एक लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको नाका अध्यक्ष योगेश भट्टराईले बताए । उक्त समारोहमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, क्लवका अध्यक्ष खुम बहादुर गुरुङले सम्मान पत्रको साथमा खादा लगायर सम्मान गरीएको थियो । नेपाली टिमको नेतृत्व पाईलट रविन गुरुङले गरेका थिए ।

उक्त अवसरमा बिजय दाहाल, अनिल गुरुङ, निकीता सुनुवार, सन्तोस गुरुङ र चित्र कुमार गुरुङलाई अनुसासित पाईलटको उपाधि सहित सम्मान गरीएको छ । पोखरामा हाल एक सय ७० जना प्याराग्लाईडीङ पाईलटहरु रहेका छन । क्लवका अध्यक्ष खुम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ, नाका सचिव कृष्ण भण्डारी लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button