चौथो नदीपुर कपको तयारी पुरा

पोखरा –

नदीपुर युथ युकेको मुख्य प्रायोजनमा हुन लागेको चौथो संस्करणको नदीपुर कपको तयारी पुरा भएको छ ।

नदीपुर क्लव पोखरा ३ नदीपुरले आयोजना गर्न लागेको चौथो संस्करणको नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए । आगामी असोज १९ गते बुधवारदेखि २२ गते शनिवार सम्म नदीपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा ३० टीमले सहभागीता जनाउने भएका छन ।

नदीपुर युथ युकेको मुख्य प्रायोजक र नदीपुर साउदी अरव उप प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए । तेश्रो संस्करणको नदीपुर कपको उपाधि बगर युनाइटेड क्लवले हात पारेको थियो । सो प्रतियोगिताको उद्घाटन माननीय सांसद सारदा पौडेलले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button