पाँचौं संगम कप सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

पोखरा –

उद्घाटन खेलमा डेविड फल्स विजयी

पोखराको संगम क्लवको आयोजनामा आज (शनिबार) देखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ सुरु भएको छ ।

माछापोखरी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा डेविड फल्स क्लव विजयी भएको हो । उद्घाटन खेलमा डेविड फल्स क्लवले आर्टी टेनिङ सेन्टरको टोलीलाई २–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । डेविड फल्स क्लवको जितमा कुमार गुरुङ र सुदिप राना मगरले एक एक गोलको योगदान दिए ।

दोश्रो खेलमा एकता फुटवल क्लवले नागिधर फुटवल क्लवलाई ५–१ गेल अन्तरले पराजित गरेकोछ । एकताको जितमा गणेश थापाले ह्याट्रिक गरे भने विवेक गुरुङ र विक्रम गुरुङले एक एक गोल गरेका हुन। नागिधरको तर्फबाट मनोज श्रेष्ठले शान्त्वना एक गोल गरेका हुन । भोलि आईतबार पहिलो चरणका ९ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए । खेल विहान ७ बजे देखि सुरु हुने भएको छ ।

sangam-football-cup

८ दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले गरेका हुन । क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा समाजसेवि नारायण गुरुङ, खेल संयोजक सुर्य बहादुर गुरुङ, सचिव शिव नेपाली लगायतले बोलेका थिए । उद्घाटनको अवसरमा एन्फा कास्कीको तर्फबाट उपाध्यक्ष मीलन गुरुङ र पुर्व राष्ट्रिय फुटवल प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो तर्फबाट दुई-दुई थान वल क्लवका अध्यक्ष शिव गुरुङलाई हस्तान्तरण गरेका हुन। तामाङलाई क्लवले एक थान ट्याकसुटप्रदान गर्दै सम्मान समेत गरेको थियो । प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको छ । “लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको सहसंयोजक विवेक गुरुङले बताए।

संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा संचालन हुने उक्त प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ । शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि ५ लाख ४३ हजार १७ रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । त्यसै गरी सह–प्रायोजकको रुपमा संगम युके र संगम जापान रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button