जारी संगम कप सेभेन ए साईड फुटबलको दोश्रो दिनमा ९ खेल सम्पन्न

पोखरा –

पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा जारी पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ अन्र्तगत आईतबार दोश्रो दिनमा पहिलो चरणका ९ खेल सम्पन्न भएका छन ।

आइतबार भएको पहिलो खेलमा अन्नपुर्ण एफ.सी.ले सुनधारा एफ.सी.बीलाई २–० ले पराजित गरेको छ । दोश्रो खेलमा एलेन गुरुङको दुई गोलको मद्धतले भ्याली स्पोटर्स क्लवले सराङकोट एफ.सी.लाई पराजित गर्दै दोश्रो चरणमा प्रबेस गरेको हो।

निकै प्रतिष्प्रर्धामा भएको तेश्रो खेलमा बेगनास एफ.सी.ले तारा एफ.सी.लाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । २०-२० मिनेटको निर्धारित समया दुबै तर्फ गोल रहित खेल बराबरीमा पुगेपछि निर्णायकको लागि खेल टाइब्रेकरमा पुगेको हो। एस.एन.एस.जी.थट्टीनले पोखरा ट्वान्टीटुलाई २–१ ले पराजित गरेको हो। आदर्श युवा क्लवले रानीपौवा स्पवोटर्स सेन्टरलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। आर्दशको जितमा वेल प्रसाद गुरुङले ४ गोल गरे ।

छैटौं खेलमा दिव्य ज्योतिले ब्रदर्श एफ..सी.लाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भएको थियो । सातौं खेलमा साम्सुको दुई गोलको मद्धतले नेपाल मुस्लीम क्लवले ढुंगेसाँघु क्लवलाई ४–२ ले पन्छाएको हो । रत्न सेवा समाजले आठौं खेलमा पस गाँउ एफ.सी.लाई १–० को झिनो गोल अन्तरले पराजित गर्यो । आइतबारको अन्तिम तथा नवौं खेलमा गार्डेन एफ.सी. ले सहिद स्मृती एफ.सी.लाई २–० ले पराजित गर्यो । सोमबार पनि पहिलो चरणका ८ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए । “लागु औषद निर्मुल हाम्रो अभियान, समाज परिवर्तनमा युवा जागरण ” भन्ने मुल नाराका साथ नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिता असोज २२ गतेसम्म चल्ने सहसंयोजक विवेक गुरुङले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button