पोखराको फेवातालमा सम्पन्न पौडी प्रतियोगिताको उपाधि ओलम्पीयन शिरिषलाई

पोखरा –

कास्कीतर्फ धनमानलाई उपाधि

पोखराको फेवातालमा आज सम्पन्न भएको छैटौ खुल्ला पौडी प्रतियोगितामा ओलम्पीयन शिरिष गुरुङ्गले उपाधि जितेका छन । उनले निर्धारित दुई किलोमिटर ५ सय मिटरको दुरी २६ मिनेट ०७ : १३ सेकेण्डमा पुरा गरी उपाधि आफ्नो जित्न सफल भएका हुन ।

नेपाल आर्मीका शिरिषले यस बर्ष ओलम्पीकमा सहभागि भई राष्ट्रिय रेकर्ड राख्न सफल भएका थिए । उनले जित संगै २५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई बर्ष अघि पोखरामा भएको प्रतियोगितामा समेत उनले उपाधि जितेका थिए ।

swimming-competition-in-fewa-lake

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलका डेभिस मानन्धर दोश्रो भएका छन । उनले उक्त दुरी २७ मिनेट ३२ : ३८ सेकेण्डमा पार गरेका थिए । उनले नगद १५ हजार प्राप्त गरे । यसै गरि आर्मीका रुद्र कटवालले २८ मिनेट ०७ : ०६ सेकेण्डमा पुरा गर्दै तेश्रो हुदा उनले नगद १० हजार हात पारे ।

प्रतियोगितामा अमेरिकी नागरिक युट्रेन र वेलायती नागरिक स्टेफनले निर्धारित दुरी पार गरेका थिए । प्रतियोगितामा एक मात्र सहभागी महिला खेलाडी कास्कीकी रुवी तामाङ्गलाई कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरे । रुविले माछापुछ्रे पौडी यु–१७ मा समेत च्याम्पीयन हुन सफल भएकी खेलाडी हुन ।

swimming

यसै गरि कास्की तर्फको लागि आयोजना भएको प्रतिष्प्रर्धामा धनमान गुरुङ्ग प्रथम भए । उनले निर्धारित दुरी ३३ मिनेट ०५ः८६ सेकेण्डमा पार गर्दै उपाधि सहित १० हजार प्राप्त गरे । कास्कीबाट सहभागि भएका ११ जना खेलाडीहरु मध्य राम कुमार मिथुनले निर्धारित दुरी ३४ मिनेट ०६ः८८ सेकेण्डमा पार गरी द्वितिय भए । त्यसै गरी ३६ मिनेट २६ः४१ सकेण्डमा दुरी पार गरेका अरुण नेपाली तृतिय भए । दोश्रो हुनेले ६ हजार र तेश्रो हुनेले ४ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन । बाराहीघाट देखि फेवाताल पारीसम्मको क्षेत्रलाई पौडी प्रतियोगिताको दुरी निर्धारण गरीएको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त गुरुङ्ग, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, नेपाल ओलोम्पिक कमिटिका सदस्य तेज गुरुङ्ग, जिल्ला खेलकुद विकास समितिकिा अध्यक्ष याम वहादुर गुरुङ्ग, समितीका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल लगायतले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कास्की जिल्ला पौडी संघ र कास्की जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितालाई सम्पन्न गर्न नेपाल पौडी संघले सहयोग गरेको थियो । यो प्रतियोगिता संगै पोखरामा २ वर्ष देखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगिता यस बर्ष भएको हो । यसै बिच, उक्त प्रतियोगिताको उद्घाटन मुक्तिनाथका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक नरेन्द्र कुमार सिंहले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button