डेविड फल्स र एकता एफ.सी. संगम कपको प्रि–क्वाटरमा प्रवेश

पोखरा –

पोखराको डेविड फल्स क्लव र पोखराकै एकता फुटवल क्लव पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को प्रि–क्वाटरफाईनलमा प्रबेस गरेका छन।

पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा सोमबार भएको खेलमा डेविड फल्सले आयोजक संगम क्लव बीको समुहलाई २–१ को गोल अन्तर र अर्को खेलमा एकताले मालेपाटन युनाईटेड ए को समुहलाई २–० ले पन्छाउदै अन्तिम १६ मा स्थान बनाएका हुन।

त्यसै गरी सोमबार भएको पहिलो चरणका खेलमा सुनधारा एफ.सी.एले आयोजक संगम सीको टिमलाई ३–१ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा नव प्रतिभा एफ.सी.ले लेकसाईड गनर्सलाई टाईब्रेकरमा ३–१ ले पन्छायो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल पछि खेल निर्णायकको लागि टाइृब्रेकरमा धकेलिएको हो । मेरो नेपाल युथ क्लवले नयाँ गाँउ एफ.सी.लाई सडेन डथमा पराजित गरेको छ । निर्धारितमा दुबै तर्फ एक एक र टाइब्रेकरमा दुबै तर्फ ३-३ गोल भए पछि खेल सडेन डेथबाट ४–३ को नतिजाले टुंगो लागेको हो।

ए.सी. मिलानले फेदी एफ.सी.लाई १–० ले पराजित गर्यो । मन्दीस गुरुङले एसी मिलानको जितमा निर्णायक गोल गरेका हुन । भलाम एफ.सी. र शिशुवा एफ.सी.ले सोमबारको खेलमा सहज जित दर्ता गरे । लेकसाईड जुनियर नआए पछि भलाले वाकओभर पायो भने जि.पी. युनाईटेड प्रतियोगिताको समयमा नआए पछि शिशुवाले वाकओभरमा जित हासिल गरेको हो । ंमंगलबार दोश्रो चरणका ६ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button