रक क्लाइम्बिङ ओझेलमा

बेसीशहर (लमजुङ) –

पर्यटकीय गाउँ पुरानकोटमा रहेको तारेभिरको रक क्लाइम्बिङ प्रवद्र्धन नहुँदा अझेलमा परेको छ ।

स्थानीय बासिन्दा गाउँलाई पर्यटनको केन्द्र बनाउन लागि परेका छन् । तर पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पुरानोकोटमा विदेशी पर्यटकलाई समेत लोभ्याउन साहसिक पर्यटनको विकास गर्न गाउँले कस्सिएका छन् । तर उचित प्रचारप्रसार तथा स्थानको प्रवद्र्धन हुन नसक्दा पर्यटकको आकर्षण हुन सकेको छैन ।

पुरानकोटमा डोरीको सहायताले पहरामा चढ्ने र झर्ने अर्थात रक क्लाइम्बिङका लागि उपयुक्त स्थान छनोट गरी आवश्यक जनशक्तिसमेत उत्पादन गरिएको छ । अमेरिकी नागरिक टाइलटले रक क्लाइम्बिङका लागि आवश्यक डोरी, जुत्तालगायतका सामग्री उपलब्ध गराएका थिए । करिब १५० मिटर अग्लो पहरोलाई रक क्लाइम्बिङका लागि तयार पारिएको छ ।

गाउँका धेरै युवाले यस सम्बन्धी प्रशिक्षण लिए पनि तीनजना दक्ष भएर निस्केका छन् । यस सम्बन्धि प्रशिक्षण लिएर दक्ष बनिसक्दा पनि यसको प्रमाणपत्र दिने निकाय नेपालमा नभएकोले समस्या परेको स्थानीय वृषराज गुरुङले बताउनुभयो ।

लमजुङको पर्यटन गुरुयोजनामा पुरानकोटको रक क्लाइम्बिङ साहसिक पर्यटनभित्र राखेपनि उचित प्रचारप्रसार हुन सकेको छैन् । बेसीशहरबाट नजिकै रहेको र पर्यटकीय सम्भावना राम्रो भएको पुरानकोटलाई विकास गर्न राजनीतिक दल तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ । जिल्लाले पर्याप्त मात्रामा रकम विनियोजन गर्न सकेको छैन् ।

पुरानकोटमा च्वाइस नेपालको सहयोगमा एक अमेरिकी नागरिक झिकाइ गाउँका केही युवालाई ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण दिइएको थियो । पुरानोकोटको तारेभित्ता भन्ने भीरलाई ‘रक क्लाइम्बिङ’ को लागि छनोट गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button