पाँचौं संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता जारी

पोखरा –

एकता र बी थट्टीन क्वाटरफाइनलमा प्रवेश

एकता एफ.सी. र बी थट्टीन ए पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को क्वाटरफाईनमा प्रबेस गरेका छन ।

पोखराको संगम क्लवको आयोजनामा माछापोखरी  खेल मैदानमा बुधबार भएको खेलमा एकताले डेविड फल्स क्लवलाई २–१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको हो । अर्को खेलमा बी थट्टीनले भ्याली स्पोटर्स क्लवलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गरेको हो । २०-२० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पनि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएको हो ।

त्यसै गरी बुधबार भएको पहिलो खेलमा ए.आई.जी. एफ.सी.ले शिशुवा एफ.सी.लाई सडेनडेथमा पराजित गरेको हो । निर्धारितमा दुबै तर्फ एक एक र टाइब्रेकरमा दुबै तर्फ दुई दुई गोल भए पछि अन्तिममा टाईब्रेकरको सडेनडेथमा ६–५ को अन्तरले ए.आई.जीले जित दर्ता गरेको हो । जितसंगै ए.आई.जी प्रि–क्वाटरफाईनलमा यात्रा बनाएको छ ।

डिफेन्डीङ च्याम्पीयन मालेपाटन एफ.सी. बीले मेरो नेपाल युवा क्लवलाई टाईबे्रकरमा ३–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि खेल टाईब्रेकरमा पुगेको होे । प्रज्वल गुरुङ र त्रिदेव गुरुङको ह्याट्रिकको मद्धतले नव प्रतिभा एफ.सी.ले मिलनटोल एफ.सी.लाई ६–० को एक तर्फी फराकिलो गोल अन्तरले पराजित गरेको हो । युनाईटेड क्लवले सुनधारा एफ.सी. एलाई २–० ले पन्छायो । सितल ज्योति एफ.सी.ले ए.सी. मिलान एफ.सी.लाई ३–१ को गोल अन्तरले पराजित गर्यो । आयोजक संगम एले भलाम एफ.सी.लाई २–० ले पराजित गर्दै प्रि–क्वाटरफाईनलमा यात्रा बनाएको हो । विहिबार प्रि–क्वाटर फाईनलका ६ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button