नदीपुर कपमा विहीबार ८ खेल सम्पन्न

पोखरा –

नदिपुर क्लको आयोजनामा नदीपुर स्थित नगर बिकास प्रशिक्षण केन्द्रको खेल मैदानमा जारी चौथो नदीपुर कप सेभेन ए साइड फुटवलमा बिहीबार ८ खेल सम्पन्न भएका छन ।

बिहीबार सम्पन्न पहिलो खेलमा नदीपुर निलो बिरुद्ध सूर्योदय क्लवको खेलमा ९–१ गोल अन्तरले नदीपुर निलो अघिल्लो चरणमा प्रवेश गरयो । खेलमा नदीपुरका खेलाडी अमर पुनले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्नुका साथै ५ गोल गर्न पुगेका थिए । खेलमा नदीपुरका लागी प्रबिन थापाले दुई गोल र मनोज कार्की र अमन पुनले एक एक गोल गर्न सफल भएका थिए ।

दोश्रो खेलमा अर्चलबोट एफसीले साहारा एफसीलाई ३–१ गोल अन्तरले पराजित गरयो । खेलमा अर्चलबोटका बिरेन गुरुङ ह्याट्रिक गर्न सफल भए । साहारा एफसीका साजन परियारले सान्तवना गोल गरे । तेश्रो खेलमा माछापुछ्रे एफसी र नदीपुर ब्वाइज क्लव बीचको खेल ४–४ को गोलमा सकिएपछि सडेन डेथमा ८–७ गोल अन्तरले नदीपुर ब्वाइज अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । चौथो खेलमा एफ सी फण्ड रे फेदी एफसी बीच २–२ गोलको वरावरीमा सकिएपछि ट्राइबेकरमा एफसी फण्डले ३–२ गोल अन्तरले फेदी एफसीलाई पराजित गरयो । पांचौ खेलमा लेकसाइड एफ सी र नव आदर्श सामुदायिक बिकास केन्द्र बी बीचको खेल ३–३ को बरावरीमा सकिएपछि ट्राइबेकरमा लेकसाइडले ३–२ गोल अन्तरले नव आदर्शलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । छैठौ खेलमा इन्द्रेणी एफसीको अनुपस्थितीमा तारा एफ सी वाक ओभर बाट अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । बिहीबारको अन्तिम खेलमा एक्स बगरको अनुपस्थितीमा नव आदर्श ए वाक ओभरबाट अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बगर युनाइटेड ए र पीटी एफ सी बिच पहिलो खेल हुने छ । शुक्रबार बाट प्रि क्वाटरको खेलहरु हुने क्लवका सदस्य अमन पुनले जानकारी दिए । नदीपुर युथ युकेको मुख्य प्रायोजन तथा साउदी अरव उप प्रायोजक रहेको प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर लाई एक थान मोवाइल, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने समेत पुनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button