लेखनाथको भवगती चौतारामा खसी कप फुटबल सुरु

पोखरा –

लेखनाथ नगरपालिका वडा नं. १७ भगवती चौतारा स्थित समाज जागरण युवा क्लबको आयोजनामा नेपालीहरुको महान पर्व विजयादशमी २०७३ को अवसरमा खसी कप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिता विहीबारदेखि सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले गरे । प्रतियोगिताको उद्घाटन गदै उनले स्थानिय क्लबहरुले आयोजना गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोगी बनेको बताए ।

‘स्थानिय क्लबले आयोजना गर्ने प्रतियोगिताले सक्षम र क्षमतावान खेलाडी उत्पादनमा भुमिका खेलेको ।’ अध्यक्ष पौडेलले भौतिक पूर्वाधारको अभाव रहेका कारण युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको बताउदै एक निर्वाचन एक खेल मैदान अन्र्तगत कास्कीका चारै निर्वाचन क्षेत्रमा मैदान निर्माण भैरहेको बताए । खेल मैदान निर्माण अन्र्तगत भरपोखरीको चित्लाङ खेल मैदानलाई ब्यवस्थित गर्न चार लाख रुपैयाँ विनियोजन भएको समेत बताए । जागरण युवा क्लबका अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व अध्यक्ष टुकराज भण्डारी र सचिव टंकप्रसाद लामिछानेले बोलेका थिए । विहिबार भएको उद्घाटन खेलमा आयोजक समाज जागरण (सी)ले महाकाली फुटबल क्लबलाई २–१ ले पराजित गदै विजयी भएको छ । दोश्रो खेलमा समाज जागर (डि) ले रिठठेपानी युवा क्लबलाई १–० को कठिन जित दर्ता गदै विजयी भयो । तेश्रो खेलमा राईजिङ क्लबले जुनतारा क्लवलाई ४–२ गोल अन्र्तरले पाखा लगायो ।

असोज २३ गतेसम्म स्थानीय सिप्लेनीतरामा चल्ने प्रतियोगितामा २४ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले खसी, शिल्ड,मेडल र प्रमाणपत्र, उपविजेताले भाले, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित खेलाडीलाई शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button