ह्यान्डबल टोली बंगलादेश जाने

काठमाडौं –

आईएचएफ ट्रफीमा सहभागी हुन नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । पुरुष टोलीले यु–२१ र महिला टोलीले यु–२० उमेरसमूहमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता अक्टोबर ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।

पुरुषमा सन्दिप खड्का (कप्तान), आशिष अधिकारी (उप कप्तान), तेन्जेन तामाङ, नरेन्द्र बिसी, रेशम केसी, सचित कार्की, चन्द्र केसी, सरुणमान श्रेष्ठ, भुवनबहादुर शाही, सुजन महर्जन, सुजन मगर, सुधाम्शु श्रेष्ठ, मातृका राई र राजेश तामाङ रहेका छन् ।

महिलामा निशा राई (कप्तान), लक्ष्मी राई (उप कप्तान), रमिला बस्नेत, यशोधा ताम्राकार, संगीता श्रेष्ठ, तारादेवी महत, सुस्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खड्का, आकृति गुरुङ, बविता श्रेष्ठ, प्रतिमा थापा, आइता लोमु शेर्पा र अन्जना मल्ल छन् ।

पुरुषको टोली नेतामा भीमबहादुर केसी र महिलामा प्रकाशकुमार सुनुवार रहेका छन् । पुरुषको प्रशिक्षकमा हिमालराज दाहाल र रमेश सापकोटा तथा महिलाको प्रशिक्षकमा प्रभातबहादुर गुरुङ र विन्दाकुमारी महाराजी छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button