ह्याण्डबलमा महिला र पुरुष दुवै तर्फ नेपालको बिजयी सुरुवात

पोखरान्युज डटकम –
अन्तराष्ट्रिय ह्याण्डबल महासंघ आइ एच एफ को सहयोगमा मित्र राष्ट्र वंगालादेशमा आयोजना भएको आइ एच एफ ट्रफी ह्याण्डबल प्रतियोगितामा नेपालले महिला तथा पुरुष तर्फको दुबै खेलमा जित दर्ता गरेका छन ।

आठ मुलुकका विचमा संचालित उक्त प्रतियोगितामा नेपाली महिला ह्याण्डबल टिमले मालदिभ्स लाई ८ का विरुद्ध २८ गोलले सोझो जित हासिल गरेको छ । नेपाली पुरुष टिमले दक्षिण एशियाली टिमममा बलियो मानिने अफगानिस्तानलाई २२ का विरुद्ध २७ गोलले पराजित गर्यो ।

असोज २७ गते सम्म चल्ने उक्त ह्याण्डबल प्रतियोगितामा यस अघि सम्पन्न दुइ आइ एच एफ ट्रफीमा नेपाली महिला टिमले दुइ पटक तेश्रो स्थान हासिल गरिसकेको छ । सोमबार नेपालको पुरुष टिम पाकिस्तान र महिला टिम भारत संग भिडने छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button