बगर भाइखलकको भेट्रान टोली क्वाटर फाइनलमा प्रवेश

पोखरा –

बगर भाइखलकको 40 plus भेट्रान टोली हेटौडामा जारी दोश्रो भेट्रान 40 plus 8Aside Football Tournament को क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा सम्पन्न बुधबारको खेलमा बिरगन्ज युनाइटेडलाइ १–० गोल अन्तरले पराजित गर्दै बगर भाइखलक क्वाटर फाइनलमा प्रवेश गरेको हो । बुधवारको खेलमा बगर भाइखलकका राजु गुरुङको गोलले भाइखलकलाई अघिल्लो चरणमा प्रवेश गर्न सफलता मिलेको थियो । आजको खेलमा बगर भाइखलककै धन गुरुङ म्यान अफ दी म्याच समेत घोषित भएका थिए ।

football

अन्तराष्ट्रिय टीमको समेत गरी १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगितामा क्वाटर फाइनलमा बिहीबार बगर भाइखलकले बंगलादेश संघ सामना गर्ने बगर भाइखलकका टीम ब्यवस्थापन मिलन गुरुङले पिस पोखरा डटकमलाई जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button