पोखरामा भेट्रान बास्केटवल प्रतियोगिता सुरु, कास्कीको विजयी सुरुवात

पोखरा –

कास्की जिल्ला बास्केटबल संघले नेपालमा नै पहिलो पटक आयोजना गरेको ४० वर्ष भन्दा माथीको पोखरा भेट्रान्स खुल्ला पुरुष बास्केटवल प्रतियोगिता विहिवार बाट पोखरा रंगशालामा सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघले विजयी सुरुवात गरेको छ । कास्कीले स्याङ्गजा बास्केटबल संघलाई ३८–३६ को स्कोरले पराजित गरेको छ । त्यसै गरि अन्य खेलमा काठमाडौले पर्वतलाई छ ५४–२७, पुन समाजले पश्चिमाञ्चल भुपु शैनिक संघलाई ६९–३८ र कित्र्तिप्र ले तनहुँलाई ४०–२१ ले पराजित गरेका छन ।

vetran-basketball-2

यस अघि प्रतियोगिताको एक समारोहका विच उदघाटन गर्दै नेपाल आलेम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले आगामी दिनमा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हरु मोफसलमा समेत हुनु पर्ने कुरामा जोड दिए । अध्यक्ष श्रेष्ठले देशलाई एक शुत्रमा वाँध्ने खेलकुद नै भएको बताउँदै यसको सान्र्दभिकता नेपालमा अझै महत्वपुर्ण रहने वताए ।

उनले नेपाल आयोजना हुने तेर्हौ दक्षिण एशियाली खेलकुद सफल बनाउन भौतिक पुर्वाधार विकास यथा सिघ्र सुरु गर्नु पर्ने वताउँदै प्रयाप्त पुर्वाधार विकासले नै खेलाडीले आफ्नो विकास गर्न सक्ने संगै पदकको सम्भावना समेत रहने वताए । उनले अवको खेलकुद विकासलाई मुलुकको पर्यटन विकासमा समेत जोड्नु पर्ने कुरामा जोड दिंदै खेलकुदले दिने सन्देशले महत्व राख्ने वताए । उनले भेट्रान विचको प्रतियोगिताले नयाँ पुस्ताले सिक्ने अवसर प्राप्त गर्न र भाइचाराको सम्वन्ध स्थापित र खेलको विकास गर्न सहयोग पुग्ने बताए ।

vetran-basketball

कास्की जिल्ला बास्केटबल सघका अध्यक्ष नेत्र बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, प्रतियोगिताका मुख्य संयोजक नारायण शर्मा, संघका सचिव ध्वज कुमार गुरुङ्ग लगाएतले पोखराको खेदकुद विकास र प्रतियोगिताको आयोजनाको सन्दर्भका
बारेमा बोलेका थिए ।

आयोजक कास्की जिल्ला बास्केटबल संघ सहित काठमाडौ, ललितपुर, तनहुँ, पर्वत जिल्ला बास्केटबल संघ हरुको एक–एक टिम र पश्चिमाञ्चल भुपु शैनिक खेलकुद संघ र पुन समाज कास्कीको प्रतियोगितामा सहभागिता रहनेछ । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको विजेता टिमले नगद ४० हजार ४ सय ४४ र उपविजेताले नगद २५ हजार ५ सय २५ प्राप्त गर्ने छन । प्रतियोगितामा अनुशासित टिम, हाइस्कोरर र वेष्ट प्लेयरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

कात्र्तिक ६ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा आठ लाख खर्च लाग्ने भएको छ । प्रतियोगितालाई पाथीभरा ओभरसिज प्रालीले मुख्य प्रायोजन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button