घाचोक महोत्सव मंसीर १७ देखि ,
पोखरा-
परिर्वतनको लागि युवा सञ्जाल (युनेक) नेपालको आयोजनामा आगामी मंसिर १७ देखी २१ गतेसम्म घाचोकमा दोस्रो घाचोक महोत्सव हुने भएको छ ।
“घाचोक जाऔं, दुध र वदामका परिकारमा रमाऔं ” भन्ने मुल नाराका साथ आयोजना हुने ५ दिने महोत्सवको अवसरमा प्रथम युनेक डान्सिङ आईडल खुल्ला एकल नृत्य प्रतियोगिता समेत हुने भएको विहिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो।
महोत्सवमा यस पटक बिषेश आकषर्णको रुपमा युनेक डान्सिङ आईडल रहेकोले यसको अडिसन भने यही कार्तिक १८ गते देखि सुरु हुने भएको सञ्जालका अध्यक्ष मौसम कार्कीले बताए । प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजार साथमा अन्य गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने भएका छन । अडिस महेन्द्र उच्च मावि लाहाचोक, बिष्णुपादुका मावि हेमजा, ईन्द्रराज्य लक्ष्मी उच्च मावि लामाचौर, आर्दश युवा क्लव लेखनाथ भण्डारढिक, आर्दश कला केन्द्र चिप्लेढुंगामा कार्तिक १८ देखि २२ गतेसम्म हुने भएको आईडल संयोजक नर्वदा कुँवरले बताईन ।
महोत्सवमा पर्यटक दौड समेत हुने भएको छ । १० किलोमिटर पर्यटक दौडमा करीब २० जना देखि माथि पर्यटकहरु सहभागिता गराउने लक्ष्य राखिएको कार्कीले जनाए । महोत्सवमा अन्तर गाविस स्तरीय रत्यौली गीत प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारको प्रस्तुती, मौलिक झाँकी प्रदर्शन, बाल उद्यान, कृषि हस्तकला उत्पादनका सामाग्रिहरु प्रदर्शन लगायतका कार्यक्रमहरु रहेने भएको बताइृन्छ ।
घाचोक एक पर्यटकीय गाँउ भएकोले घाचोक नजिक तातोपानी कुण्ड, होम स्टे, होटल तथा लजको व्यबस्था, प्राकृतिक तथा सांस्कृतिक एवं धार्मिक सम्पदा रहेकोले घाचोकको पर्यटन प्रवद्र्धनमा महोत्सवले सहयोग पुराउने भएको अध्यक्ष कार्कीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution