पोखरामा स्काई म्यूजिकल इभेन्ट हुने

पोखरा –

हिमालय म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रालि पोखरा–८ सृजनाचोकले स्काई म्युजिकल इभेन्ट २०७३ को आयोजना गर्ने भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara

इभेन्ट कात्तिक २६ गते पोखरा सभागृहमा हुने आयोजकले जनाएको छ। संगित र कलालाई उचित व्यवस्थापन गरि नेपाली संगीत र कलालाई विश्वमा फैलाउने उद्देश्यले यो कार्यक्रमको अयोजना गरिएको हिमालय म्यूजिकल इभेन्टका म्यानेजमेन्ट प्रालिका संस्थापक राजन केसीले जानकारी दिए।

इभेन्टको कार्यक्रम संयोजकमा सन्तोष वस्याल, प्रचार प्रसारमा रामजी पौडेल, अतिथि सत्कारमा सन्तु थापा र विशेष सहयोगीमा अनिलकुमार ढकाल रहेका छन्।

इभेन्टमा वहुचर्चित गायक प्रमोद खरेल, चर्चित गायक सहिमा श्रेष्ठ, गायिका माया गुरुङ, ओम गुरुङ सन्तोष वस्याल, रामजी पौडेल, सन्तु थापाको प्रस्तुती रहने छ। त्यसैगरि हास्य व्यङ्ग्य प्रस्तुतीका साथै प्राचिन नेपालबाट मौलिक नृत्य प्रदर्शन गरिने संस्थापक केसीले जानकारी दिए।

कलाकारको उचित व्यवस्थापन गर्ने लक्ष्यका सथा २०७३ सालमा यो संस्था स्थापना गरिएको हो। इभेन्ट सम्पन्न गर्नका लागि करिव चार लााख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button