पोखरा –
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल उसु संघको तत्वावधानमा पोखरामा एक हप्ताको राष्ट्रिय उसु निर्णायक गोष्ठी सम्पन्न भएको छ ।
६३ जना प्रशिक्षकहरुको सहभागिता रहेको उक्त गोष्ठीको एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषद प्रशिक्षण तथा तालिम विभाग निर्देशक नविन कुमार उप्रेतीले सहभागिहरुलाई उक्त प्रशिक्षणको प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा उसुका प्रमुख तथा संस्थापक अध्यक्ष प्रनिलध्वज कार्कीलाई दोसला ओढायर सम्मान गरीएको थियो ।

कास्की जिल्ला उसु संघका अध्यक्ष योगेन्द्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा नेपाल ओलम्पिक कमिटिका सदस्य तथा नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रशिक्षण विभागका दिर्नेशक बिद्या मर्सानी, राष्ट्रिय उसु प्राविधिक समितिका संयोजक प्रकाश लामा, उसुका सहायक प्रशिक्षक सुमन भट्ट, उसुका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय खेलाडी झरना गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, सदस्य पन्चमान महर्जन लगायतले यस्ता तालिम निरन्तर आवश्यक भएकोमा जोड गरे । २०४४ साल देखि उसु नेपालमा भित्रिएसंगै २०४६ साल देखि यसले गति लिन सुरु गरेको थियो ।





