पोखराका दुईजना राष्ट्रिय भलिवल खेलाडीले माल्दिभ्स बाट लिग खेल्दै

पोखरा – 

महिला भलिवलका राष्ट्रिय दुई जना खेलाडी माल्दिप्समा व्यावसायीक रुपमा लिग खेल्न सहभागि हुदैछन । महिला भलिवलकी सह–क्याप्टेन मन्जु गुरुङ र खेलाडी अरुणा शाही माल्दिप्समा आयोजना हुने राष्ट्रिय लिगमा व्यावसायीक रुपमा सहभागि हुने भएका हुन ।

फुभामुल्क युथ एण्ड स्पोटर्स डेभलपमेन्ट एशोसियसन क्लवबाट करीब २० दिनको लागि कन्ट्याकमा आफुहरु माल्दीप्स तर्फ पोखराबाट हिडेको मज्जु गुरुङले बताईन । मन्जु सहित अर्को पोखरेली खेलाडी समेत रहेकी अरुणा शाहि सुक्रबार हवाई मार्ग हुदै माल्दीप्स प्रस्थान गर्ने भएका छन । राष्ट्रिय लिगमा विदेशी दुई जना खेलाडीहरु समावेस गर्न पाउने भएकोले उनीहरुलाई लिग खेल्नको लागि निमन्त्रणा गरेको मन्जुले बताईन ।

पोखरा क्षेत्रबाट व्यावसायीक रुपमा पहिलो पटक महिला भलिवलका खेलाडीहरु सहभागि भएका हुन ।

फोटो: जक्सनडटकम बाट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button