१० औ बल्छी प्रतियोगितामा सोम प्रथम

लेखनाथ

पोखरा एङ्गल्स क्लवले शनिवार कास्कीको रुपातालमा राखेको १० औ फिसिङ् (बल्छी) प्रतियोगितामा पोखरा–६ बैदामका सोम बहादुर गुरुङ्ग प्रथम भएका छन् ।

रुपातालमा रहेको आनन्द सापकोटाको केज भित्र राखिएको प्रतियोगितमा सोमवहादुर गुरुङ्गले विभिन्न जातका ४ किलोग्राम माछा समाप्त सफल भई प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् । स्वदेशी तथा विदेशी गरी जम्मा ११ जना प्रतियोगिहरु सहभागी रहेको प्रतियोगितमा होम गुरुङ्गले द्धितीय र विधान जोसी तृतीय हुन सफल भएका थिए ।

आन्तरीक एवं वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले विगत १० वर्ष देखी विभिन्न स्थानमा प्रतियोगिता गर्न सफल भएको पोखरा एङ्गल क्लवले बल्छीवाट माछा समाउने प्रतियोगिता लाई राष्ट्रिय स्तरको खेलको रुपमा विकास गराउने लक्ष्य राखेको छ ।

क्लवका अध्यक्ष मेजर वालकृष्ण गुरुङ्गको अध्यक्षतामा भएको सो प्रतियोगितामा सचिव शैलेस रायमाझीले बल्छीवाट माछा समाउने प्रतियोगिता राष्ट्रिय स्तरको रुपमा अगाडी वढानु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button