पोखरा-
जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
कार्यालयले आज राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारतर्फ मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रतिव्यक्ति नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत कृषकलाई सम्मान गर्नुभयो ।
त्यस्तै जिल्लाका उत्कृष्ट कृषकतर्फ तानसेन–११ का माछापालक कृषक महेश्वर पन्त, देउरालीका मकै बीउ उत्पादक कृषक विष्णु नेपाल, खस्यौली–४ का तरकारी उत्पादक कृषक देवी मल्ल, छहरा–५ का सुन्तला जात फलफूल नर्सरी कृषक खिमबहादुर बगाले, तानसेन–९ का कफी उत्पादक कृषक रेवन्त विष्ट, खानीछाप–९ का मौरीपालक कृषक धर्मराज अधिकारी र मदनपोखरा–४ का सिताके च्याउ उत्पादक कृषक ओमप्रकाश श्रेष्ठलाई नगद रु एक हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यालयले उत्कृष्ट कर्मचारीतर्फ प्रथम कृषि सम्पर्क केन्द्र दोभानमा कार्यरत कर्मचारी नायब प्राविधिक सहायक पदमलाल घिमिरे र द्वितीय कृषि सेवा केन्द्र खस्यौलीका प्राविधिक सहायक लवकुशप्रसाद कुर्मीलाई क्रमशः नगद रु पाँच हजार र रु तीन हजार र सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ । रासस
फोटो-DADO, palpa
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution