टेलिकम र खेलकुद पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट खेलमा गायक प्रमोद खरेल

टेलिकम संगको मैत्रीपुर्ण क्रिकेट खेलमा खेलकुद पत्रकार मंच विजयी
पोखरा-
नेपाल टेलिकम पोखरा शाखा र नेपाल खेलकुद पत्रकार मंच विच सम्पन्न २०÷२० मैत्रिपुर्ण क्रिकेट खेलमा मंचले रोमाञ्चक जित हासिल गरेको छ । पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा सम्पन्न खेलमा टस हारेर वेटिङ्ग गरेको मंचले १३ ओभरमा सवै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । गायक प्रमोद खरेल ,टेलिकम पोखरा शाखाका निमित्त प्रमुख रोजन्द्र कुमार दाहाल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवाली लगाएतले टोली संग मैदानमा खेल खेलेर मैत्रीपूर्ण खेलको सुरुवात गरेका थिए ।

promod-kharel-cricket
गायक प्रमोद खरेल ब्याटिंग गर्दै

मंचको तर्फ बाट विनोद लामिछानेले सर्वाधिक १७ रनको योगदान दिए । यसै गरि मंचकै  तर्फ वाट सुनिल पौडेल ११, सुदिप गुरुङ्ग ३, सुजन पौडेल ३, लोकेन ढकाल २, केशव पाठक २, मन क्षेत्री २, एम वि आस्था ले १ र सुरज श्रेष्ठले १ रनको योगदान दिए । मंचका गणेश पौडेल शुन्य मा आउट भए भने उमेश पुन नट आउट रहे । टेलिकम को तर्फ वाट माधव खत्रीले सर्वाधिक विकेट ५ विकेट लिए । मंचले १२ रन एक्स्ट्राको रुपमा पाएको थियो ।

cricket-pokhara-promod-kharel
गायक प्रमोद खरेल संग सामुहिक तस्बिर खिच्दै दुवै टिम

यसै गरि नेपाल टेलिकम  मंचका वलरको कसिलो वलरका सामु टिक्न भने सकेनन । १२.३ वलमा नै अल आउट हुन पुगेको नेपाल टेलिकम ५० रनमा समेटियो । मंचका तर्फ वाट कसिलो वलिङ्ग गर्दै पहिलो ओभरमा नै लोकेन ढकालले मेडन ओभर गरे । लोकेनले आफ्नो ४ ओभरको स्पेलमा ५ विकेट लिए । नेपाल टेलिकमलाई अल आउट गर्न सुनिल पौडेलले ३ र गणेश पोडेलले २ विकेट लिए । यता टेलिकमका माधब खत्रीले १५ रनको योगदान दिए पनि टेलिकमका भरपर्दा भनिएका शुरेस वन्जाडे, निकेन्द्र तञ्डुकार, विनोद तिमिल्सीना, उज्वल पोख्रेल, कुमुत महतो शुन्यमा आउट भए । नेपाल टेलिकमका लागि उमेश घिमिरे २, कृष्ण सुवेदी २ र शंकर थापाले ३ रन बनाए । नेपाल टेलिकमले २५ रन एक्स्ट्रा पाएको थियो ।

fnjf-cricket
खेलकुद पत्रकार मंच कास्की को टिम सामुहिक तस्बिर खिचाउदै

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै मंचका सल्लाहाकार एवम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष राम कृष्ण ज्ञवालीले यस प्रकारका मैत्रीपुर्ण खेलले पत्रकारहरुलाई खेल पत्रकारीता अनुभव संगाल्न र कर्पोरेट हाउसहरु संगको आत्मियता वढाउन सहयोग पुग्ने वताए । कार्यक्रममा नेपाल टेलिकम पोखरा शाखाका निमित्त प्रमुख रोजन्द्र कुमार दाहाल, गायक प्रमोद खरेल, टेकिमका व्यापार अधिकृत राजेश रेग्मी, जिल्ला क्रिकेट संघ कास्कीका सचिव संजयकान्त सिग्देल, टेलिकमका टिम क्यापटेन शकर थापा र मंचका टिम क्यापटेन मन क्षेत्रीले आ–आफ्ना धाराणा राखेका थिए । कार्यक्रम नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकको अध्यक्षतामा भएको थियो ।

ntc-pokhara-cricket
नेपाल टेलीकम पोखरा साखाको टोलि सामुहिक तस्बिर खिचाउदै

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button