मकाउलाई हराउँदै नेपालले उचाल्यो सोलिडारिटी कपको उपाधि

गणेश बराल ,

पोखरा –

नेपालले मकाउलाई पराजित गर्दै  एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ ।

nepal-win-solidarity-cupमलेसियाको  सरावक रङ्गशालामा मंगलबार  सम्पन्न फाइनल खेलमा मकाउलाई १–० को गोलअन्तरले हराउँदै नेपालले उपाधि हाात पारेको हो ।खेलको २९ औं मिनेटमा भरत खवासको पासमा  नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । पानी परेका कारण हिलाम्मे भएको मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो । सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले  गोल थप्ने धेरै मौका गुमाएको थियो त्यसैगरी मकाउले पनि गोल फर्काउने केहि मौका गुमाएको थियो  ।

nepal-winयो जित संगै  नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत बर्ष  माघमा बङ्गलादेशमा भएको बङ्गलबन्धु गोल्डकप जितेको नेपालले लगतै भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को पनि उपाधि हात पारेको थियो  ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button