एक्स ब्रिगेड अफ गोर्खा गल्फको उपाधि मेजर लिम्वुलाई

पोखरा-
एक्स ब्रिगेड अफ गोर्खा गल्फ प्रतियोगिताको उपाधि मेजर मन बहादुर लिम्वुले जितेका छन ।
धरानको निरवाना गल्फ एण्ड रिजोर्ट सेन्टरमा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा २५ जना फल्फरलाई पछि पार्दै धरानका गल्फर लिम्बुले उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । स्टोक प्लेका आधारमा खेलाइएको प्रतिष्प्रिर्धामा लिम्बुले ६९ अंक ल्याउदा दोश्रो भएका पोखराका गल्फर मेजर लक्ष्मी प्रसाद गुरुङले ७४ अंक ल्याएका हुन । ७८ अंक ल्याएका काठमाण्डौंका मेजर विजय मुक्तान तेश्रो भए ।
त्यसै गरी ग्रास डिभिजनमा धरानका किरण लिम्बुले ७७ अंक बटुल्दै प्रथम भए भने काठमाण्डौंका मेजर ओम भट्टचन दोश्रो र काठमाण्डौंकै रोशन राई तेश्रो भए । भट्टचनले ८९ अंक र राईले ९० अंक ल्याएका थिए । विजयी खेलाडीहरुलाई ब्रिगेड अफका अध्यक्ष मेजर मनिप्रसाद राईले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगिता हरेक बर्ष एक्स ब्रिगेडको बार्षिक कार्यक्रम हो भने आगामी बर्ष पोखराको हिमालय गल्फ कोर्समा हुने भएको कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत रहेका मेजर लक्ष्मी प्रसाद गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button