पोखरा-
पोखरा रंगशालामा आईतवार पनि विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का प्रदर्शन गरिने भएको छ । विश्वकै सवैभन्दा ठूलो ७० मिटर लामो र ५० मिटर चौडाई भएको थान्का प्रदर्शन गर्न लागीएको हो ।
ने पाल—जापान सम्बन्धको ६० औं वर्षगाँठको अवसरमा शनिवार पनि थान्का प्रदर्शन गरिएको थियो । द आर्ट अफ प्याचवर्क कपडालाई काटेर टालेको थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्ने गरी प्रदर्शन गरिएको थियो ।
थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा बाटीकाका प्रमुख स्याङ्पा रिम्पोछेले बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution