प्रतिष्ठित आहा रारा गोल्ड कप माघको पहिलो साता हुने

पोखरा –

पश्चिम क्षेत्रकै प्रतिष्ठित आहा रारा गोल्ड कपको १५ औं संस्करण आउदो माघ महिनाको पहिलो साता हुने भएको छ ।

aaha-rara-goldcup-2017राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ माघ महिनाको पहिलो हप्ताबाट पोखरा रंङ्गशालामा हुने भएको आयोजक सहारा क्लवले जनाएको छ । आफुहरुले उक्त प्रतियोगिता संचालनको लागि अखिल नेपाल फुटबल संघ संग समय तालिका मागे अनुसार उनीहरुले उक्त समय दिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले पोखरान्युजडटकम लाइ बताए । यस बर्ष पनि स्वदेशी तथा विदेशी सहित १२ टिमको सहभागिता हुने भएकोले आचार्यले  जनाए ।

अध्यक्ष आचार्यले भने “ खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविकको नारा अनुरुप प्राप्त समय तालिका अनुसार नै हामीहरुले उक्त प्रतियोगिताको आयोजना गर्न लक्ष्य लिएका छौ ।” प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर प्रदान गर्नुको रहेको आचार्यले जनाए । उक्त प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित सहारा एकेडेमीमा खर्च गरिदै आएको छ । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु रहेका छन ।

हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन,पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷एन्फा,कास्की÷सहारा यु.के.÷सहारा हङ्गकङ्ग÷सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोग, अफिसियल ड्रिङ्ग वाटर ईको पानी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा अफिसियल एयर लाईन्स बुद्ध एयर सहयोगी संस्थाहरु याट्स,एल जि.टि.भी.समेतको सहयोगमा उक्त प्रतियोगिता संञ्चालन हुने भएको महासचिव केशवराज बरालले बताए ।

उक्त प्रतियोगिताको अवसरमा करीब एक करोडको कारोवार हुुने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button