पोखरा –
विभिन्न ८ बुंदे माग राख्दै बिप्लव माओवादीद्धारा कास्कीको सार्दीखोलामा निर्माणाधिन मन्दिकीनी हाइड्रोपावर बन्द गराएको छ । बिप्लव नेतृत्वको माओवादी पश्चिम कमाण्ड कास्कीले सार्दीखोलामा निर्माणाधिन अवस्थामा रहेको ४ मेघावाटको मन्दिकिनी हाइड्रोपावर बन्द गराएको हो ।
बिप्लव माओवादीको टोलीले शुक्रबार विभिन्न ८ बुदे मागपत्र समेटिएका पर्चा हाइड्रोपावर निर्माण स्थलमा टाँसेर जनताको माग सम्बोधन नगरिकन हाइड्रोपावर निर्माण कार्य अगाडी वढाए विभिन्न कारवाही अगाडी वढाउने चेतावनी दिएको छ । स्थानिय जनसमुदाय र बिप्लव माओवादीका कार्यकर्ताहरुको उपस्थिती गरी माओवादीले हाइड्रोपावर बन्द गराउँदै बिप्लव माओवादी कास्कीका सचिवालय सदस्य परिवर्तनले जनताको माग सम्बोधन नगरी सञ्चालनमा ल्याए माओवादीले प्रतिवाद गर्ने वताए ।
८ बुदे मागपत्रमा हाइड्रोपावर कम्पनीले स्थानीय स्रोत साधनको कर नतिरी प्रयोग गरेको, स्थानीय जनतालाई रोजगारमा नराखेको, स्थानीय जनता र गाविससँग छलफल नगरी केन्द्रमा घुस खुलाएर प्रोजेक्ट सन्चालन गरेको, सार्दिखोला लगाएतको प्रभावित गाविसलाई लोडसेडिङ मुक्त घोषणा र मुनाफाको २५ प्रतिशत स्थानीय जनतालाई वितरण गर्ने कुरामा लिखित सहमती नगरेको लगायतका बुँदाहरु समेटिएको बिप्लव माओवादी पश्चिम कमाण्डका इन्चार्ज सुजन बिकले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution