तेस्रो यूनिप्स स्पोर्टस मिट आज शनिबार समापन हुने

पोखरा-

शुक्रबारको खेलमा कालिका माविलाइ ४ स्वर्ण, एकतालाई ३ स्वर्ण,

संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा पोखरा रंगशालामा जारी युनिप्स स्पोर्टस् मिट भोलि (शनिबार) विभिन्न खेलको फाईनल प्रतिष्प्रर्धासंगै स्पोर्टस् मिट सम्पन्न हुने भएको छ ।

दुई दिन लेखनाथमा अनौपचारीक रुपमा संचालन भई पोखरा रंगशालामा दुई दिन औपचारीक रुपमा संचालन भएसंगै शनिबार विभिन्न खेलहरुको फाईनल प्रतिष्प्रर्धासंगै युनिप्स स्पोर्टस् मिट समापन हुने भएको भएको युनिप्सका सचिवालय संयोजक शिव हरी सुवेदीले बताए । सुक्रबारको खेलमा कालिका वोर्डिङले ४, एकता माविले ३ स्वर्ण पदक जितेका छन । अघिल्लो खेलको नतिजा सहित दुबै बिद्यालयले हालसम्म ५÷५ वटा स्वर्ण पदक जित्न सफल भएका हुन।

सुक्रबार मावि तर्फ छात्रको सटफुटमा कालिका वोर्डिङ स्कुलले स्वर्ण पदक जितेको छ । कालिकाका फिरोज श्रेष्ठले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएका हुन । त्यसै गरी वेल नन एकेडेमीका ओम प्रकास लामाले रजत, सत्य साई बिद्या आश्रमका अमृत पुनले कास्य पदक ल्याउदा एकता माविका सुरेस घर्तीले शान्त्वना स्थान हासिल गरे। त्यसैगरी छात्रा माविको सटफुटमा होली एन्जल स्कुलले स्वर्ण पदक हात पार्यो । होली एन्जलकी रोसनी परियारले सटफुटमा प्रथम हुदै स्वर्ण पदक दिलाएकी हुन । वेल नन एकेडेमीकी कुसुम गुरुङले रजत पदक दिलाउदा कालिकाकी दिक्षा शर्माले कास्य तथा सत्य साईकी समिक्षा केसीले शान्त्वना स्थान हासिल गरेकी हुन ।

सटफुट निमावि छात्र तर्फ पिनाकल एकेडेमीले स्वर्ण पदक जितेको छ । पिनाकलका राजकुमार विकले प्रथम स्थान हासिल गरी स्वर्ण पदक दिलाउदा, वेल नन एकेडेमीका शिव विकले रजत पदक, स्माईल स्मल हेवन एकेडेमीका सन्दीप महताले कास्य पदक दिलाएका हुन । कालिका माविका कुसल जिसीले भने शान्त्वना स्थान हासिल गरे । छात्रा निमावि सटफुटमा गण्डकी एजुकेसन फाउण्डेनले स्वर्ण पदक जितेको छ । गण्डकीकी मीना तामाङले स्वर्ण पदक दिलाउदा, होलि एन्जलकी सुनेना नेपालीले रजत पदक, वेल ननकी अन्जना गुरुङले भने कास्य पदक दिलाएकी हुन । स्माईल स्मल हेवनकी प्रशान्ता जोशी शान्त्वना भईन ।

मावि छात्र तर्फको ८ सस मिटर दौडमा एकताकी अनिल थापाले स्वर्ण, सत्य साईका रविन नेपालीले रजत, कालिकाका पवन भण्डारीले कास्य पदक जित्दा कालिकाकै फिरोज श्रेष्ठले शान्त्वना स्थान हासिल गरे । ८ सय मिटर निमाविको छात्र तर्फ वेल ननका शिव विकले स्वर्ण, पिनाकलका राधेस आलेमगरले रजत, पिनाकलकै राजकुमार विकले कास्य पदक दिलाउदा होलि एन्जलका निर्मल परिवारले शान्त्वना स्थान हासिल गरे । मावि छात्रको २ सय मिटर दौडमा कालिकाका प्रविन केसीले स्वर्ण, माउन्ट हेवनका शुसिल आलेमगरले रजत, ज्ञानकुन्जका सुजन वास्तोलाले कास्य पदक दिलाउदा एकताका राजन परियार शान्त्वना भए । मावि छात्र ४ सय मिटर दौडमा एकताका अनिस थापाले स्वर्ण, वेल ननका सन्तोस खड्काले रजत, गण्डकी एजुकेसन फाउण्डेसनका लक्षिन कामीले कास्य पदक दिलाउदा र स्मल हेवनका सुमन पराजुलीले शान्त्वना भए ।

निमावि छात्र लङजम्पमा कालिकाकी स्वस्तीका क्षेत्रीले स्वर्ण, सत्य साईकी प्रतिभा गुरुङले रजत, होलि एन्जलकी सुनेना नेपालीले कास्य पदक दिलाउदा एकताकी सृष्टी शर्माले शान्त्वना स्थानमा आउन सफल भईन । प्रावि छात्रा तर्फको लङजम्पमा वेष्ट भिलेजकी सविना मियाले स्वर्ण, एकताकी सिम्रन रोकाले रजत, कालिकाकी मनिता खड्काले कास्य पदक ल्याउदा होली एन्जलकी स्नेहा परियारले शान्त्वना हुन सफल भईन ।
मावि छात्रा तर्फको लङजम्पमा माउन्ट हेवनकी सविता सेन्चुरीले स्वर्ण पदक जित्दा, होली एन्जलकी रोसनी परियारले रजत, कालिकाकी उमा रानामगरले कास्य पदक दिलाउदा वेल ननकी कुसुम गुरुङले शान्त्वना स्थान हासिल गरीन । मावि छात्र तर्फको लङजम्पमा माउन्ट हेवनका भवन सेन्चुरीले स्वर्ण, कालिकाका सविन भुजेलले रजत, वेल ननका रिकुस गुरुङले कास्य पदक दिलाउदा होली एन्जलका राजन कुवंरले शान्त्वना स्थान हासिल गरे ।

मावि छात्र हाईजम्पमा कालिकाका प्रविन क्षेत्रिले कास्य, गण्डकीका लक्षिन कामिले रजत, वेल ननका राम गुरुङले कास्य र एकताका राजन परियारले शान्त्वना स्थान हासिल गरे। हाईजम्प निमावि छात्रा तर्फ एकताकी निर्जला तिमिल्सिनाले स्वर्ण, स्माईल स्मल हेवनकी जमुना खनालले रजत, वेल ननकी तारा गुरुङले कास्य पदक दिलाउदा सत्य साईकी सविना पौडेल शान्त्वना भईन । प्रावि छात्र हाईजम्पमा पन्चासे वोर्डिङ स्कुलका सुजन विकले स्वर्ण, वेल ननका शीशीर गुरुङले रजत, माउन्ट हेवनका विवेक परियारले कास्य पदक दिलाउदा एकताका अन्जन तिमिल्सिनाले शान्त्वना स्थान हासिल गरे ।

छात्रा निमावि तर्फको कपर्दी प्रतियोगिता अन्र्तगत तेश्रो स्थानको लागि सुक्रबार भएको प्रतिष्प्रर्धामा ज्ञानकुन्ज बिद्या आश्रमले कास्य पदक जितेको छ । ज्ञानकुन्जले एकता माविलाई २१–३ को फराकिलो अंकले पराजित गर्दै कास्य पदक हात पारेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button