तेस्रो यूनिप्स स्पोर्टस् मिटको उपाधि डिफेण्डिङ च्याम्पियन वेलनन एकेडेमीलाइ

पोखरा-

डिफेण्डिङ च्याम्पियन वेलनन एकेडेमीले यस बर्ष पनि तेस्रो संस्करणको युनिप्स स्पोर्टस् मिट २०७३ को उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

unips-sports-championसंस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न भएको उक्त स्पोर्टस् मिटमा वेलननले १० स्वर्ण पदक सहित १ सय ३४ अंक ल्याउदै यस बर्ष पनि उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । गत बर्षको विजेता वेलननले एथ्लेटिक्स तर्फ मात्र १ सय ४ अंग जोड्न सफल भएको थियो । वेलनन एकेडेमीले उक्त उपाधि सहित रनिङ शिल्ड पुनः एक बर्ष आफ्नो बिद्यालयमा लगेको छ । उद्घाटन खेलमा हुने मार्च पासमा लगातार ३ बर्ष विजेता हुदै ह्याट्रिक गर्न सफल भएको वेलननले आगामी बर्ष उपाधि जितेमा रनिङ शिल्ड नै पच पार्न सक्नेछ ।

कालिका मावि भने उपविजेता भयो । कालिकाले ९ स्वर्ण पदक सहित ९८ अंक ल्याउदै उपविजेता भएको हो । कालिकाले एथ्लेटिक्समा ९० अंक ल्याएको छ । एकता मावि स्कुलले ७ स्वर्ण सहित ८५ अंक ल्याउदै तेश्रो भयो भने ५ स्वर्ण पदक सहित ५८ अंक ल्याएको होली एन्जल स्कुलले शान्त्वना स्थान प्राप्त गर्न सफल भयो । एकताले उथ्लेटिक्समा ७९ अंक ल्याउदा होलि एन्जले भन ४२ अंक ल्याएको थियो । सामुहिक खेलको विजेताले १०, उपविजेताले ६, तेश्रोले ४ र शान्त्वना स्थान हासिल गरेकोले २ अंक प्राप्त गरेका हुन । त्यसै गरी एकल तर्फको प्रतिष्प्रर्धामा विजेताले ५, उपविजेताले ३, तेश्रोले २ र शान्त्वनाले १ अंक प्राप्त गरेका हुन ।

प्रतियोगिता अन्र्तगत एथ्लेटिक्समा ३ स्वर्ण पदक सहित एकताका अनित थापा एथ्लेटिक्स छात्र तर्फ उत्कृष्ट हुन सफल भएभने सोहि ईभेण्टमा छात्रा तर्फ कालीकाकी स्वस्तीका क्षेत्रि उत्कृष्ट हुन सफल भईन । उनले २ स्वर्ण सहित अन्य पदक जितेकी हुन ।

championविजयी खेलाडीहरुको टिमलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद पोखरेल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, यूनिप्स नेपालका केन्द्रीय अध्यक्ष ध्रुब गिरी, सल्लाहकार ललित बहादुर कुवंर, खेलकुद संयोजक विनोद कुमार नेपाली, प्रथम उपाध्यक्ष याम प्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

छात्र फुटवलमा वेलननले शनिबार भएको फाईनल खेलमा स्माईल स्मल हेवनलाई ४–० ले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भयो । तेश्रो स्थानको लागि भएको खेलमा कालिकाले एकता माविलाई १–० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी वेलननका जिम्मे गुरुङ घोषित भए ।

त्यसै गरी छात्रा भलिवलमा होली एन्जलले माउन्ट हेवनलाई ३–१ को सेटमा पराजित गर्दैै स्वर्ण पदक जित्न सफल भयो । छात्र भलिवलमा माउन्ट हेवनले होली एन्जललाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भयो । छात्रा भलिवलमा होली एन्जलकी कल्पना विक र छात्र भलिवलमा माउन्ट हेवनकी शुशिल मगर उत्कृष्ट खेलाडी घोषित भए । छात्रा निमावि तर्फको कपर्दी प्रतियोगितामा पिनाकल एकेडेमीले स्वर्ण पदक जित्यो । पिनाकलले शनिबारको फाईनल खेलमा वेलननलाई पराजित गरेको हो । प्रतियोगितामा ज्ञानकुन्ज बिद्या आश्रमकी आकृती गुरुङ उत्कृष्ट खेलाडी घोषित भईन ।

दुई दिन लेखनाथमा अनौपचारीक रुपमा संचालन भई पोखरा रंगशालामा दुई दिन औपचारीक रुपमा संचालन भएसंगै शनिबार विभिन्न खेलहरुको फाईनल प्रतिष्प्रर्धासंगै युनिप्स स्पोर्टस् मिट समापन भएको युनिप्सका सचिवालय संयोजक शिव हरी सुवेदीले बताए । युनिप्स स्पोर्टस् मिट’ मा २५ बिद्यालयका ४ सय ९५ जना खेलाडीहरु सहभागि भएको महासचिव विश्वराज खनालले बताए । यूनिप्स नेपालका केन्द्रीय अध्यक्ष ध्रुब गिरीको अध्यक्षतामा शनिबार अवेर पोखरा रंगशालामा प्रतियोगिता समापन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button