पोखरा-
नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा संघमा आवद्ध शैक्षिक परामर्श सेवा प्रदायकहरुलाई एक दिने व्यवसायिक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय प्रथम उपाध्यक्ष तथा तालिम विभाग प्रमुख राजेन्द्र रिजालले सहजीकरण गर्नुभएको सो तालिममा सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउनको लागि सेवा प्रदायकहरुले अपनाउन सक्ने विविध विषयहरुमा प्रशिक्षण दिइएकोे थियो ।
कन्सल्टेन्सीहरुले अन्तराष्ट्रिय रुपमा संचालन हुने आइसिइएफ तथा पिआइइआर जस्ता महत्वपूर्ण विषयहरुको बारेमा आफ्नै घर वसी तालिम साथै परिक्षा दिन सकिने सो अवसरमा जानकारी दिइयो । सो को व्यवस्थापन नेपाल शैक्षिक परामर्श संघले गर्दै आएको शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिनुभयो ।
तालिमहरु पश्चात् कन्सल्टेन्सीहरुको पहिचान तथा मुल्याकंन विश्वव्यापी रुपमा हुने र कलेज तथा विश्वविद्यालयहरुले उक्त तालिम प्राप्त कन्सल्टेन्टहरुलाई प्रथामिकता राखी प्रतिनिधी चयन गर्ने हुदा विदेश अध्ययन गर्न जाने इच्छुक विद्यार्थीहरुलाई महत्वपूण सहयोग र गुणस्तरीय सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकार शिक्षा मन्त्रायलको नयां शिक्षा नियमावलीमा प्रत्येक कन्सल्टेन्सीहरुमा कम्तिमा स्नातक तह उत्तिर्ण तथा तालिम प्राप्त २ जना परामर्शदाता हुनुपर्ने प्रावधान रहेको सन्दर्भमा यस्ता खालका अन्तराष्ट्रिय तालिमहरु शैक्षिक परामर्शको क्षेत्रमा कोशेढुंगा सावित हुने शैक्षिक परामर्श संघ कास्कीका सचिव भुवन क्षेत्रीले वताउनुभयो ।
इक्यान कास्कीका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक परामर्श संघ कास्कीमा आवद्ध ३५ वटा शैक्षिक परामर्शदाताहरुको सहभागिता रहेको थियो । तालिमको उधेश्यमाथि कोषाध्यक्ष तथा तालिम विभागका संयोजक रुद्रप्रसाद अर्यालले प्रकाश पार्नुभएको थियो भनेस्वागत् उपाध्यक्ष रमेश कुमार थापाले गर्नुभएको थियो । इक्यान कास्कीका सल्लाहकार प्रदिप पोखरेल, सदस्य प्रकाश गैरै, सहभागिहरु कुलराज बराल, गणेश कोइराला लगायतले वोल्नुभएको थियो ।





