पोखरामा ११ औ एन-प्याब्सन खेलकुद महोत्सव शुरु

खेलकुद क्षेत्रमा भएकोे विकृति, विसंगति र अराजकतालाई अन्त्य गर्छु मन्त्री शीरपाली,

पोखरा-
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, (एन प्याब्सान) कास्की को आयोजना ११ औ एन प्याब्सान खेलकुद महोत्सव मंगलबार देखि पोखरा रंगशालामा सुरु भएको छ ।

npabson

१५ हजार मिटर छात्र दौड तर्फ बिरेन्द्र मेमोरीयलका साजल कार्की प्रथम भएका छन । कास्की मोर्डनाइज्डका सुजन गुरुङ द्धितीय र त्रिवेणी पब्लिकका मानिष वाग्ले तृतीय भए। छात्रा तर्फ ज्याभलिन थ्रोमा साईनिङ स्टारकी इलिना परियार प्रथम, कास्की मोर्डनाइज्डकी ऋतु पुन द्धितीय र मर्निङग्लोरीकी सरिना गिरी तृतीय भईन् भने छात्र तर्फ सटपुटमा हार्वड एकेडेमीका लक्ष्मण बर्देवा प्रथम, कास्की मोर्डनाइज्डका रविन गुरुङ द्धितीय र युनिभर्स बोर्डिङ स्कूलका आसिक सुनार तृतीय भए।

मंगलबार भएको छात्र तर्फको बास्केटबल प्रतियोतिामा अक्सफोर्ड स्कूल, हार्वड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजय भएका छन् भने छात्रा तर्फ अक्सफोर्ड स्कूल, हावर्ड एकेडेमी र गोर्खा बोर्डिङ स्कूल विजयी भए।मार्च पास तफ गोर्खा बोर्डिङ स्कुल प्रथम कास्की मोर्डनाइज्ड एकेडेमी द्धितीय युर्निभर्स बोर्डिङ स्कूल तृतीय र त्रिवेणी पब्लिक मावि सान्त्वना भए। भलिबल छात्र तर्फ हार्वड एकेडेमी, बिरेन्द्र ममोरीयल, फेवा बोर्डिङ स्कूल, डायमण्ड स्कूल, मर्निङग्लोरी, सनराईज प्रिपाराटोरी, चिल्ड्रेन्स एकेडेमी, सिद्धिविनायक बोर्डिङ स्कूल, अञ्जुली बोर्डिङ, कास्की मोर्डनाइज्ड र हिलसाइड बोर्डिङ विजयी भए।छात्रा ह्याण्डबल तर्फ न्यू ग्यालेक्सी, हार्वड एकेडेमी र त्रिवेणी पब्लिक विजयी भएको प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए। उक्त महोत्सवमा करीब ४५ विद्यालयका करीब सात हजार खेलाडी प्रतिस्पर्धामा उत्रिदैछन।

npabson-sports

मंसिर १७ गते सम्म संचालन हुने उक्त खेलकुद महोत्सवको मंगलबार उद्घाटन गर्दैै युवा तथा खेलकुद मन्त्री दलजीत शीरपालीले खेलकुद क्षेत्रमा भएको विकृति, विसंगति र अराजकतालाई अन्त्य गर्ने दाबी गरेका छन । दिशाहिन क्षेत्र तर्फ जान लागेको खेल क्षेत्रलाई नितिगत र भौतिकतहबाट नै असल प्रशिक्षक र असल खेलाडि उत्पादन गर्न आफ्नो जोड हुने उनले जनाए । उनले भने “ खेलकुद क्षेत्रमा बढी विकृति र विसङगती छायको छ, अब यसलाई नियन्त्रण गरेरै छाड्छु, अबको मेरो पहिलो काम यही हुनेछ, यसमा कसैको दवाव आए पनि मैले मेरो काम कर्तव्य भुल्ने छैन । ”

उनले भने “खेलकुदको जग भनेको बिद्यालय क्षेत्र भएकोले हरेक बिद्यालयले आफ्नो गुणस्तरीय शिक्षाको साथमा खेलकुद क्षेत्रलाई पनि अघि बढाउनु पर्दछ, सरकारले खेलकुद क्षेत्रमा ठुलो लगानी गर्न नसके पनि यस क्षेत्रलाई अघि बढाउन निजी क्षेत्रले सहयोग गर्नु पर्दछ । ” उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छिट्टै हुने बताउदै १३ वर्ष मुनिका विद्यार्थीलाई खेलकुद संग जोड्नको लागि उपराष्ट्रपति चिल्ड्रेन रनिङ शिल्ड आवश्यक भएको जनाए । पोखरामा खेलकुदको धेरै सम्भावना भएकोले यहाँको खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने उनले जनाए । उनले भने “पोखरा पर्यटनको मात्र होईन अब यसलाई खेलकुदको पनि नगरि बनाउनु पर्दछ, रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउन र खेलकुदको एकेडेमी पोखरामा स्थापना गर्न मन्त्रालय लाग्ने छ । ”

एन प्याब्सन कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा भलिबल, फुटबल, वास्केटबल, ह्याण्डबल, टेबुलटेनिस खेलहरु आधारभूत र मावि तहमा छात्र र छात्रा समूहमा संचालन हुदै छ । एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सानका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाही, जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाई, हिसान कास्कीका अध्यक्ष वावुराम पन्त द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङ लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button