पोखरामा शुक्रबार देखि सुरु हुने तारा खेल प्रतियोगितामा १४ समुह

पोखरा-
अम्मरसिंह–प्रिमोलालचन स्मृति प्रतिष्ठानको मुख्य व्यबस्थापन तथा पोखरा रानीपौवाको मार्फा थकाली सेवा समितिको आयोजनामा भोलि शुक्रबार देखि तारा खेल प्रतियोगिता सुरु हुने भएको छ ।

थकाली सहितका अन्य जातिको परम्परागत तारा खेलको संरक्षण गर्ने उद्धेश्यले उक्त प्रतियोगिता प्रतिष्ठानका संरक्षक तथा दीर्घसिंह लालचन र मोहनसिंह लालचनको समन्वयमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पोखरा आसपास सहित काठमाण्डौं देखि समेत खेलाडीहरु पोखरामा आएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र लालचनले बताए । १४ टिमको सहभागिता रहने भएको प्रतियोगितामा विजेताले ७० हजार, उपविजेताले ३५ हजार र तेश्रो हुनेले १८ हजार साथा ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उक्त प्रतियोगिता रनिङ शिल्डको रुपमा समेत रहेको छ । यही मंसिर २२ गतेसम्म संचालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी र सवै भन्दा बढी खोल हाल्ने खेलाडीलाई जनहि ५÷५ हजार नगद पुरस्कारले पुरस्कृत गरीने भएको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ५ लाख खर्च लाग्ने भएको प्रतिष्ठानका अध्यक्ष लालचनले बताए । बाबु आमाको स्मृतिमा दुई जना छोराहरु दीर्घसिंह र मोहनसिंह लालचनको आर्थिक सहयोगमा उक्त प्रतियोगिता हुन लागको हो । पछि कोषनै स्थापना गर्ने तर हाल उक्त प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्चको व्याबस्थापन छोराहरुले गर्ने भएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button